• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेविसंघको बैठक सम्पन्न, यस्तो निर्णय गर्‍यो

नेविसंघको बैठक सम्पन्न, यस्तो निर्णय गर्‍यो


समायोजन खबर
  • बिहिबार, पौस २३ २०७७

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति खोटाङको बैठक सफलता पुर्वक सम्पन्न भएको छ ।

    नेविसंघ खोटाङका सभापति राज कुमार बस्नेतको अध्यक्षतामा बुधबार वीपी स्मृति भवन दिक्तेलमा बैठक बसेको हो । बैठकले महत्वपूर्ण निर्णयहरु गरेको नेविसंघ सभापति बस्नेतले जानकारी दिए।

    सरकारले असंवैधानिक तवरले गत ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसका विरुद्धमा २५ पुसमा प्रदेश क्षेत्र स्तरीय तथा माघ ३ र ८ गते क्रमशः पालिका स्तरीय र वडा स्तरीय बिरोध प्रदर्शनको घोषणा पार्टीले गरिसकेको छ। उक्त कार्यक्रममा नेविसंघ खोटाङले प्रतिनिधि समेत तोकेर कार्यक्रममा प्रत्यक्ष सहभागीताका साथ सफलताका पुर्वक सम्पन्न गर्न भुमिका निर्वाह गर्ने निर्णय गरेको छ।

    सरकारले संसद विघटन गरेसँगै नेविसंघ खोटाङले दिक्तेल बजारमा राँके जुलुस सहित कोणसभा मार्फत बिरोध जनाएको थियो, त्यससँगै मंसिरको अन्तिम दिन सरकारले सर्वसत्तावादी तवरले ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेशका विरुद्धमा खोटाङ नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेर बिरोध जनाएको थियो।

    पछिल्लो समय नेविसंघ खोटाङले शैक्षिक, रचनात्मक सँगै सांगठनिक र सरकारी ज्यादती, सर्वसत्तावादी प्रवृत्ति तथा दण्डहीनताको विरुद्धमा आफ्नो आवाज बुलन्द बनाउँदै लगेको छ।

    यो सँगै बैठकले नेविसंघ जिल्ला तथा पालिका समिति र मावि एवं क्याम्पस स्तरीय इकाइ समितिका लागि समेत प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णय गरेको छ।

    बैठकमा जिल्ला अध्यक्ष बस्नेत सँगै वरिष्ठ उपाध्यक्षहरु नइन्द्र राई, जीवन खत्री र गोमा राई,सचीव, सहसचिव एवं कोषाध्यक्षहरुको सहित बहुमत सदस्यहरूको उपस्थिति रहेको नेविसंघले जनाएको छ ।२०७७ पुस २३ गते बिहान ९ :१५ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology