• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसले पुस २५ गते रावावेशी गाउँपालिकामा विरोधसभा गर्ने

कांग्रेसले पुस २५ गते रावावेशी गाउँपालिकामा विरोधसभा गर्ने


समायोजन खबर
  • बुधबार, पौस २२ २०७७

  • वैठकपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरु सामूहिक तस्विरमा ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले संसद विघटनको विरुद्धमा विरोधसभा गर्ने भएको छ । क्षेत्रीय कार्य समितिले २५ पुसमा रावावेंशी गाउँपालिकामा विरोधसभा गर्ने भएको हो ।

    केपिलासगढी गाउँपालिकाको वाक्सिलामा २१ पुसमा वसेको क्षेत्रीय कार्य समितिको वैठकले रावावेंशी गाउँपालिकामा २५ पुसमा संसद विघटनको विरुद्धमा चर्को विरोध गर्ने र ३ माघमा क्षेत्र नं. १ भित्र पालिका स्तरीय विरोध सभा गरिने क्षेत्र नं.१ का क्षेत्रीय सभापति इवन राईले जानकारी दिनुभयो ।

    सभापति राईका अनुसार पालिका स्तरीय विरोध सभालाई प्रभावकारी वनाउन क्षेत्रीय कार्य समितिका पदाधिकारी खटाउने निर्णय वैठकले गरेको छ ।

    ऐसेलुखर्क गाउँपालिकामा क्षेत्रीय सचिव इश्वर राई, केपिलासगढी गाउँपालिकामा क्षेत्रीय सचिव ज्ञानु पाण्डे, रावावेंशी गाउँपालिकामा सदस्य पुन्य पाण्डे, हलेसी तुवाचुङ नगरपालिकामा क्षेत्रीय उपसभापति मोहन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सदस्य अन्जना केसीलाई विरोध सभा प्रभावकारी वनाउन प्रतिनिधि तोकिएको छ ।
    नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।२०७७ पुस २२ गते साँझ ७ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology