• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धनकुटामा प्रचण्ड र माधव पक्षीय युवा संघको विरोध

धनकुटामा प्रचण्ड र माधव पक्षीय युवा संघको विरोध


समायोजन खबर
  • मंगलबार, पौस २१ २०७७

  • धनकुटामा निकालिएको विरोध प्रदर्शन ।

    समायोजन खबर खोटाङ, प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघ नेपालले धनकुटामा प्रदर्शन गरेको छ ।

    धनकुटाको भीमनारायण चोकबाट सुरु भएको विरोध प्रदर्शन भीमसेन थान, बीचबजार, परिचय मोड, चुवाको बोट, हुलाक टोल हुँदै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    विरोध प्रदर्शनमा प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी भएको थियो । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध सडकमा उत्रिएको प्रचण्ड र नेपाल पक्षले ‘नेकपा’ नाम र ’सूर्य’ चुनाव चिन्हमा पनि दाबी गर्दै आएको छ । नेकपाको मदनचोकमा भएको आमसभामा नेकपा धनकुटाका सचिवालय सदस्य अर्जुन राईले कम्युनिष्टको नाममा केपी ओलीले संविधानको हत्या गरि नागरिकको अधिकार खोसेर कम्युनिष्ट पार्टीप्रतिको आकर्षण समाप्त गरेको बताए ।

    उनले केपी ओलीले भारतको इसारामा अहिलेसम्मका उपलब्धी समाप्त पार्न लागेको आरोप लगाए । उनले अहिलेसम्मका उपलब्धी रक्षा गरेर मात्रै आराम गर्ने बताए । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधी सभा विगठनलाई असंवैधानिक भएको भन्दै आन्दोलनको गर्दै आएको छ ।
    धनकुटामा प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघले मसाल जुलुसको तयारी गरेको भएपनि स्थानीय प्रशासनले मसाल जुलुस नगर्न अनुरोध गरेपछि विरोध प्रदर्शन गरेको थियो ।२०७७ पुस २१ गते बिहान ९ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology