• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महालेखापरीक्षकको टोली साकेला गाउँपालिकामा

महालेखापरीक्षकको टोली साकेला गाउँपालिकामा


समायोजन खबर
  • सोमबार, पौस २० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, महालेखापरीक्षकको टोली खोटाङको साकेला गाउँपालिका पुगेको छ । सामाजिक सुरक्षा भत्ता अनियमित्ताको विषय सतहमा आइरहेको बेलामा लेखापरीक्षण गर्न महालेखापरीक्षकको टोली आइतबार साकेला गाउँपालिकामा पुगेको हो ।

    आइतबार साकेला पुगेको महालेखापरीक्षकको टोली, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीवीच लेखापरीक्षणका लागि छलफल भएको बुझिएको छ । एकै आर्थिक वर्षमा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको गाउँपालिकामा महालेखापरीक्षकको टोली पुग्नुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

    ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावावेशी गाउँपालिकाको लेखापरीक्षण सकेर साकेला गाउँपालिकामा लेखापरीक्षण गर्न आइपुगेको लेखापरीक्षण अधिकारी किशोर पोखरेलले जानकारी दिए ।

    महालेखापरीक्षकको टोलीले साकेला गाउँपालिकाको प्रारम्भिक लेखापरीक्षण रिपोर्ट कस्तो सार्वजनिक गर्ला भन्ने चासोको विषय बनेको छ ।, यस्तै, सामाजिक सुरक्षा भत्ता अनियमित्ता भएको अर्को गाउँपालिका वराहपोखरी गाउँपालिकामा पनि महालेखापरीक्षकको टोली कहिले पुग्ला र प्रारम्भिक लेखापरीक्षण रिपोर्ट कस्तो सार्वजनिक गर्ला भन्ने चासोकै विषय बनेको छ ।

    लेखापरीक्षण सकिएको चार स्थानीय तहको प्रारम्भिक लेखापरीक्षण रिपोर्ट भने प्राविधिक कारणले बनाउन बाँकी रहेको पोखरेलले बताए । सम्पूर्ण स्थानीय तहको लेखापरीक्षण सकेर प्रारम्भिक लेखापरीक्षण रिपोर्ट बनाईने र सार्वजनिक गरिने पोखरेलको भनाई छ । २०७७ पुस २० गते बिहान ९ :१८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology