समायोजन खबर खोटाङ, भोजपुरमा अन्नपूर्णकर्मीसहित तीन पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आज भएको सातौँ साधारणसभामार्फत अन्नपूर्णकर्मी प्रदीपचन्द्र राई,राससकर्मी युवराज विष्ट र अर्जुन बस्नेत सम्मानित भएका हुन् ।
राईलाई, ‘तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार, विष्टलाई ‘लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता’ पुरस्कार, र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्वारा सम्मानित गरिएको महासङ्घ जिल्ला शाखाका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए। तीनै जनालाई जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानका आधारमा पुरस्कृत गरेको उनले बताए ।
साधारणसभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेशकुमार मिश्र, महासङ्घका केन्द्रीय सदस्य छेटु शेर्पा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतमलगायतको उपस्थिति थियो । राससको सहयोगमा ।२०७७ पुस १९ गते साँझ ७ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology