• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बुइपा र रतन्छाको विजयी शुरुवात

बुइपा र रतन्छाको विजयी शुरुवात


समायोजन खबर
  • शनिबार, पौस १८ २०७७

  • बुइपा र नेर्पाविच प्रतिस्पर्धा हुंदै ।

    समायोजन खबर खोटाङ, अन्तर वडास्तरीयमा सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगितामा बुइपा र रतन्छाले बिजयी शुरुवात गरेका छन् ।

    नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा शनिवार उदघाटन गरिएको खेलमा सोही नगरपालिका–१४ बुइपा र साकेला गाउँपालिका–२ रतन्छाले विजयी शुरुवात गरेको हो ।

    भोजपुरका एक वडा समेत गरी २३ वडा सहभागी प्रतियोगिताको पहिलो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै बुइपा अघि बढेको हो । खेलमा बुइपाका डिफेण्डर विजय राई म्यान अफ दी म्याच घोषित भए ।
    यस्तै, पहिलो दिनको दोश्रो खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेबिरुद्द साकेला गाउँपालिका–२ रतन्छाले २–० गोल अन्तरको जीत निकालेको छ ।

    नेर्पाका वडाध्यक्ष माधव राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो । उद्घाटन खेलको रुपमा नेर्पास्थित विद्यालयका शिक्षक तथा राजनीतिकर्मीवीच ‘सो म्याच’ गराईएको थियो । उक्त म्याचमा शिक्षकले राजनीतिकर्मीलाई १–० गोलले पराजित गरेको खेल संयोजक विरेन गुरुङले जानकारी दिए । दोश्रो दिनको पहिलो खेल दिरुम नगरापालिका–८ दोर्पा र सोही नगरपालिका–५ लफ्याङवीच हुनेछ ।

    प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।२०७७ पुस १८ गते साँझ ७ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology