समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थाका लागि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा ५ बेडको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । भविष्यमा १५ शैयाको पालिका स्तरिय अस्पतालमा रुपान्तरण गर्नेगरी स्थापना गरिएको अस्थायी आइसोलेसन बेड (कोभिड अस्थायी अस्पताल) बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले उद्घाटन गरेका छन् ।
वर्ष दिन बित्दा पनि कोरोनाको संक्रमण दर घट्नुको सट्टा बढिरहेको अवस्थामा गाउँपालिकाले संघीय सरकारको १० लाख अनुदानमा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरेको हो । उद्घाटन सँगै गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, वडाध्यक्ष लगायतले अस्थायी कोभिड अस्पताल अवलोकन गरेका थिए । कोभिड अस्पताल उद्घाटनका अवशरमा स्थानीयले साकेला, धामी नाच लगायतका साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । २०७७ पुस १६ गते साँझ ५ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology