• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेर्पा र वुईपाविच पहिलो खेल

नेर्पा र वुईपाविच पहिलो खेल


समायोजन खबर
  • बिहिबार, पौस १६ २०७७

  • खेल तालिका सार्वजनिक गर्दै आयोजक । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, वडास्तरीयमा सवैभन्दा ठूलो धनराशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको पहिलो खेल नेर्पा र वुईपाविच हुने भएको छ । बिहीबार दिक्तेलस्थित उज्यालो क्याफेमा आयोजक नेर्पा स्पोर्टस क्लवले खेल तालिका सार्वजनिक गर्दै १८ पुसबाट हुने प्रतियोगितामा नेर्पा र वुईपाविच पहिलो खेल हुने जनाएको हो ।

    आयोजकका अनुसार बाँझेच्यानडाँडा–बाहुनीडाँडा, खोटाङबजार–अर्खौले, दिक्तेल १–दुर्छिम, बाक्सिला–जालपा, बुवालुङ–लफ्याङ, सवाकटहरे–रतन्छाविच प्रतिस्पर्धा हुनेछ । सोल्मा, नुनथला, खार्मी, दोर्पा ७, भोजपुर खावा, बाम्राङ, टेम्मा, पाथेका र हौंचुरले बाई पाएका छन् । प्रतियोगितामा २३ टिमले सहभागिता जनाएको खेल संयोजक विरेन गुरुङले जानकारी दिए ।

    नेर्पाको संसारीडाँडा खेलमैदानमा हुने प्रतियोगिताको प्रथम टिमले नगद १ लाख १ हजार १११ र दोश्रो टिमले ५५ हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।

    जिल्लामै वडास्तरीय ठूलो धनराशी भएको प्रतियोगितालाई जिल्ला फुटबल संघले संयोजन गरिरहेको र कोभिडपछि पहिलो पटक हुन लागेको प्रतियोगितामा जिल्लाभरका वडाले भाग लिएको जिल्ला फुटवल संघ खोटाङका संयोजक धु्रव विक्रम राईले बताए ।२०७७ पुस १६ गते साँझ ५ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology