समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २४० जना डिस्चार्ज भएका छन् भने नयाँ २६ जना सङ्क्रमित थपिएका छन् । डिस्चार्ज हुने सबै होमआइसोलेसनमा रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार १८० पुगेको छ भने अहिलेसम्ममा सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ७५५ पुगेको छ । प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५७५ छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेखनीय घटेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका सङ्क्रमितमा मोरङ र सुनसरीमा छमध्ये विराटनगरमा दुई, झापा र धनकुटामा चारचार, खोटाङमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ । सो अवधिमा ३१७ सहित कूल दुई लाख आठ हजार ४७५ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ पुस १५ गते साँझ ६ :०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology