• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओली प्रतिगमनका विरुद्धमा दिक्तेलमा विरोध प्रदर्शन [फोटोफिचर]

ओली प्रतिगमनका विरुद्धमा दिक्तेलमा विरोध प्रदर्शन [फोटोफिचर]


समायोजन खबर
  • मंगलबार, पौस १४ २०७७

  • प्रचण्ड–माधव नेपाल समूह दिक्तेलमा संसद विघटनको विरोधमा विरोध प्रदर्शन गर्दै ।

    समायोजन खबर खोटाङ, खोटाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले विरोध प्रदर्शन गरेको छ । असंवैधानिक संसद विघटन र ओली प्रतिगमनका विरुद्धमा विरोध प्रदर्शन गरेको हो ।

    मंगलबार सदरमुकाम दिक्तेलबजारको हेलिप्याडबाट सुरु भएको बृहत विरोध प्रदर्शन पूरानो वेसक्याम, रत्नपार्क, त्रिवेणीचोक, भानुचोक, हाँटडाँडा हुंदै भवनगैरामा आएर समापन भएको छ ।
    हेलिप्याडमा प्रदर्शन सुरु हुन अघि नेता अगमसिं राई, भागवत घिमिरे, दुर्गाजयन्ती राईले सम्बोधन गरेका थिए । रत्नपार्क, पूरानो वेसक्याम, भानुचोक, त्रिवेणीचोक र भवनगैरामा कोणसभा गरिएको थियो । रत्नपार्कको कोणसभालाई प्रदेश कमिटी सदस्य ध्रुव बुढाथोकी धिरेन, जिल्ला कमिटि सदस्य नरेश राई र पूरानो वेसक्याममा भएको कोणसभालाई नेकपाका केन्द्रीय सदस्य अस्मिता कार्की समिता र सचिवलाय सदस्य खडेन्द्र राईले सम्बोधन गरेका थिए ।
    भानुचोकमा भएको कोणसभालाई कार्यालय सदस्य जलसेर राई, प्रदेश कमिटी सदस्य सुरेश राई र त्रिबेणीचोकको कोणसभालाई प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र केन्द्रीय सदस्य तथा प्रदेश सदस्य रामकुमार राई पासाङले सम्बोधन गरेका हुन् ।
    भवनगैरामा भएको कोणसभालाई केन्द्रीय सदस्य तथा प्रदेश सदस्य राजन राई र स्थायी कमिटि आमन्त्रित सदस्य टंक राईले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै असंवैधानिक संसद विघटन र ओली प्रतिगमनका विरुद्धमा विरोध प्रदर्शन गरिएको नेताहरुले बताएका छन् ।
    प्रदर्शनमा सहभागि नेता तथा कार्यकर्ताले अरु जान्दैनौ, संसद विघटन मान्दैनौ लेखेको ब्यानर तथा उखु किसानका माग पूरा गर, प्रतिगामी षडयन्त्र असफल पारौ, समाजवाद उन्मुख जनताको जनवाद जिन्दावाद, पार्टी एकता सफल पारौ लेखेका प्लेकार्ड बोकेर चर्को नारावाजी गर्दै ओलीको विरोध गरेका थिए ।२०७७ पुस १४ गते साँझ ५ :१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology