समायोजन खबर खोटाङ, खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कदमको समर्थनमा नेपाल कम्यूनिष्ट पार्टी (ओली समुह) ले दिक्तेलमा मोटरसाईकल र्याली निकालेको हो ।
आइतबार दिक्तेलको अल्छेढुंगादेखि सुरु भएको मोटरबाईक र्याली रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवोणीचोक, भानुचोक, जिल्ला अदालत, अस्पतालचोक हुँदै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संसद विघटनपछि निर्वाचनमार्फत ताजा जनादेश लिनका लागि जनतासामु जानका लागि तयार रहन, जनताको बहुदलीय जनवाद (जवज) मान्ने मान्ने नेता तथा कार्यकर्ता एक ठाउँमा उभिन र चुनाव चिह्न सूर्य नेकपा (ओली) समुहले पाउने संकेत दिन मोटरबाईक र्याली निकालिएको नेकपा खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताए । 
मोटरसाईकल र्यालीको नेकपाका कार्यालय सदस्य कुमार आचार्य, जिल्ला सचिवालय सदस्य एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष सुरेन्द्र राई, नेकपाका सचिवालय सदस्य चर्च विक, युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई, विणादेवी राईलगायतले नेतृत्व गरेका थिए ।
उनीहरु अगाडि केपी ओलीको ठूलो तस्बिर टाँगिएको जीपमा उभिएर हात हल्लाउँदै हिँडेका थिए । र्यालीमा प्रयोग गरिएको बाईकमा सुर्य चिन्ह अंकित झण्डा राखिएको थियो भने ‘सही पनि एमाले, म पनि एमाले’ बोलको गीत घन्काइएको थियो ।
जनता समाजवादी पार्टी र नेपाल कम्यूनिष्ट पार्टीको प्रचण्ड–माधव समुहले जिल्लामा राष्ट्रपति र प्रधानमन्त्रीको बिरोधमा आन्दोलनका कार्यक्रम गरिरहदा नेकपाको ओली समुहले उनको समर्थनमा मोटरसाईकल र्याली निकालेको हो ।२०७७ पुस १२ गते साँझ ७ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology