समायोजन खबर खोटाङ, मानववस्ती बसेदेखी नै खानेपानीको चरम समस्या झेल्दै आएको खोटाङको लिच्कीराम्चे कालापानीका स्थानीय अहिले मख्ख छन् । सुनकोशीको पानी लिफ्टिङ गरेर घरघरमा पानी पुगेपछि लिच्कीराम्चे कालापानीका स्थानीय वासिन्दाहरु यतिबेला मख्ख भएका हुन् । घर आसपास खानेपानी नदेखेका यहाँका ६५ घरधुरी यतिवेला आफ्नो घर आँगनमा आएको पानीलाई स्वागत गरिरहेका छन् । लिफ्टिङ प्रविधिबाट २४ सै घण्टा धारामा पानी आएपछि उनीहरुमा खुशीको सीमा छैन ।
२०७१ सालतिरसम्म आहालको पानी, पधेराका पानी खादै आएका यहाँका वासिन्दा त्यही पानी पनि लामो खडेरी र जलवायु परिवर्तनले सुकेपछि बसाइसराई गएका थिए । कालापानीमा ११० घरधुरी भएकोमा ४५ घर पानी अभावकै कारण बसाईसराई गएका थिए । बाँकी घरले तीन घण्टाको पैदल यात्रा गरेर सावाखोला र सुनकोशीको पानी बोकेर खादै आउदा कांग्रेसका महाधिवेशन प्रतिनिधि भुपेन्द्र राईले पहल गरेर लिफ्टिङ योजना पारिदिएपछि अहिले यहाँको घरघरमा पानी पुगेको हो ।
राईको पहलमा तत्कालिन योजना आयोगबाट १ करोड ८० लाखको बजेटले रसुवाघाटदेखी डिबबोरिङ गरी कालापानीसम्म पानी पु¥याइएको रसुवाघाट कालापानी खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष कर्ण वहादुर राउतले बताए । राउतका अनुसार रसुवाघाटस्थित डिबबोरिङ गरिएको स्थानबाट २ हजार मिटरमाथि कालापानीसम्म ५० एमएमको जिआइ पाइपको सहायतामा पानी लगिएको छ । विचमा १० हजार लिटर क्षमताको दुई वटा सप्लाई ट्याङकी र टपमा ३२ हजार लिटर क्षमताको ट्याङकीमा पानी संकलनगरी ६५ घरधुरीमा पानी वितरण गरिएको छ ।
२०७२ चैत ११ गते कांग्रेसका महाधिवेशन प्रतिनिधि राईले शिलाान्यास गरेको लिफ्टिङको काम सम्पन्न भएपछि शनिबार (पुस ११ गते) उनैले लिफ्टिङ योजनाको उद्घाटन गरेका छन् । घरघरमा पानी आएपछि वसाइसराई गएका पनि पुनः गाउँ नै फर्किन थालेको छ । नियमित पानी आएपछि सरसफाई गर्न, शौचालय प्रयोग गर्न, पिउन, गाइबस्तुलाई खुवाउन र खेतीपाती गर्नमा सजिलो भएको स्थानीय लक्ष्मी विकले वताईन् ।
लिफ्टिङ प्रविधिबाट गाउँमा पानी आउनुभन्दा अघि परिवारका सवै सदस्य विहान पानी लिन जानुपर्ने, पानी लिन जाँदा स्कुल जान छुट्ने, शिक्षामा कमी हुने गरेको विधार्थी अस्मिता बराईलीले सुनाईन् । गाउँमा पानी नहुंदा पाहुनापात आएको बेलामा पानी पैचो गरेर काम चलाउनुपर्ने, विहे कार्जेमा सबैले पानी ल्याइदिएर सहयोग गर्नुपर्ने र सुत्केरी महिला तथा महिनावरी हुंदा सबैभन्दा धेरै पानीको दुःख हुने गरेको र त्यो समस्या अब सदाका लागि सकिएको स्थानीय वासिन्दाहरु बताउँछन् । पानी नभएका कारण विराटनगर वसाइसराई गएका कालापानीका दुई परिवार पानी आएपछि पुनः फर्केर गाउँ आएका छन् ।
खानेपानी नहुंदा काकाकुल जीवन व्यतित गरिरहेका ति दुरदराजका स्थानीयहरुले वर्षौवर्षपछि पानी पाएपछि साँच्चिकै नयाँ जीवन पाएको आभाष गरेका छन् । काकाकुल जीवन सकिएको बताएका छन् । यद्यपी, लिफ्टिङ प्रविधिबाट पानी ल्याउँदा विजुलीको विल धेरै उठ्ने र त्यो तिर्न आफूहलाई समस्या भएको स्थानीय पवित्र थापाले गुनासो राखिन् । हामी गरीव छौ बल्ल पानी घरमा आयो, दःखको दिन सकियो तर, विजुलीको पैसा तिर्न हामीलाई समस्या छ । उनले भनिन्, यसतर्फ नि सोचिदिनुहोला ।
उद्घाटनपछि कार्यक्रममा बोल्नुहुंदै कांग्रेसका महाधिवेशन प्रतिनिधि राईले विजुलीको सट्टामा सोलार बत्तीको पहल गरिने बताउनुभएको छ । तीनवटा मोटर चल्दा विजुलीको विल उठ्नु स्वभाविक हो । त्यो विषयमा पहल गरिनेछ । राईले भन्नुभयो, पहिला त योजना सफल भएको छ । अन्य कामहरु त झनै गरिन्छ । कालापानीवासीलाई ढुक्क हुन आग्रह गर्छु ।२०७७ पुस १२ गते दिउँसो ४ः४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology