समायोजन खबर खोटाङ,प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेशसभाको छैटौँे तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।२०७७ पुस १२ गते बिहान ११ :५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology