समायोजन खबर खोटाङ, प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ।
आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुनु हो । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो हुनुहुन्छ । समर्थकमा सांसद लक्ष्मण तिवारी हुनु हुन्छ । राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गर्नु भएको थियो ।
प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा आज विहान राजीनामा दिनुभएको थियो ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।२०७७ पुस १२ गते बिहान ११ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology