• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संसद विघटनको विरुद्धमा अनेरास्ववियुको राके जुलुस (फोटोफिचर)

संसद विघटनको विरुद्धमा अनेरास्ववियुको राके जुलुस (फोटोफिचर)


समायोजन खबर
  • शुक्रबार, पौस १० २०७७

  • समायोजन खबर खोटाङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु) खोटाङले संसद विघटनको विरुद्धमा राके जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा शुक्रबार साँझ दिक्तेलबजारमा राके जुलुस निकालेको हो ।
    स्थानीय हेलिप्याडबाट निकालिएको राके जुलुस रत्नपार्क‐किरात चोक)सम्म आईपुगेको थियो । राके जुलुसलाई रत्नपार्कमा प्रहरीले सामान्य हस्तक्षेप गरेपछि पुनः रत्नपार्कबाट प्रधानमन्त्री ओली विरुद्ध चर्को नारा जुलुस लगाएर त्रिवेणीचोकमा पुगी कोणसभा गरिएको अनेरास्ववियुले जनाएको छ ।
    कोणसभालाई अनेरास्ववियु खोटाङका संयोजक माया चाम्लिङले सम्बोधन गरेका थिए । असंवैधानिक कू को खारेजीको माग र संसद विघटनलाई पुनःस्थापना गर्नका लागि राके जुलुस निकालिएको संयोजक राईले बताईन् ।
    राके जुलुसमा अनेरास्ववियुका केन्द्रीय सस्दय, विधार्थी नेता, गाउँपालिका संयोजक र वडा संयोजकहरुको बाक्लो सहभागिता थियो ।
    यस्तै, आजै जनता समाजवादी पार्टीले पनि रत्नपार्क‐किरात चोक)मा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा जसपाले पुत्ला दहन गरेको हो ।२०७७ पुस १० गते राती ८ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology