समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताउनुभयो । कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो । व्यक्तिगत रुपमा कुनैपनि नेताले आफ्नो विचार राख्नु भएपनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको बताउनुभयो । पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बिचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पार्नुभयो ।२०७७ पुस ९ गते साँझ ७ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology