समायोजन खबर खोटाङ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै स्थानमा भएको सवारीमा परी दुई जनाको मृत्यु भएको छ । लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६७५ नंको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिनुभयो ।
यस्तै सिरहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा आजै उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्र्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँ लाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिनुभयो ।२०७७ पुस ९ गते साँझ ७ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology