• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ मा ५१५ सङ्क्रमित निको

प्रदेश नं १ मा ५१५ सङ्क्रमित निको


समायोजन खबर
  • बिहिबार, पौस ९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार, विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ ।

    सोही अवधिमा प्रदेशमा ३९० जनाको पिसिआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० सङ्क्रमित थपिएका छन् । थप हुनेमा मोरङमा १७ मध्ये विराटनगरमा १३, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा एक/एक तथा प्रदेश बाहिरका चार जना रहेको मन्त्रालयले जनाएको छ ।

    यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ५७४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार ४१४ जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।२०७७ पुस ९ गते साँझ ७ :१४ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology