• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति

उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति


समायोजन खबर
  • मंगलबार, पौस ७ २०७७

  • कार्यक्रममा बोल्नुहुंदै गाउँपालिका अध्यक्ष भपेन्द्र राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सप्तेश्वर छितापोखरी उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तरगत स्वास्थ्य ऐन निर्माण गरि उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको हो ।

    नेपाल सरकारले सन् २०१७ सम्ममा सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी स्तरोन्नति गर्ने नीति तथा कार्यक्रम ल्याएको थियो । तर, जिल्लाकै केपिलासगढि गाउँपालिकामा रहेको सप्तेश्वर वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रहेको सप्तेश्वर छितापोखरीलाई एउटै ठानेर सरकारले सप्तेश्वर छितापोखरीलाई स्वास्थ्य चौकी बनाउनबाट बञ्चित गराएको थियो ।

    दिप्रुङमा छितापोखरी र सप्तेश्वर छितापोखरी नामका वडा छन् । छितापोखरीको उपस्वास्थ्य चौकी भने यस अघि नै स्वास्थ्य चौकी भइसकेको छ ।
    उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएसँगै अव एचए डाक्टरको व्यवस्था हुने र अहेव तथा अनमिको संस्था पनि बढ्ने वडा सदस्य अमृत गिरीले जानकारी दिए । स्वास्थ्य चौकी भएसँगै सेवा प्रवाहको क्षमता बढ्ने र वडाबासीलाई उपचारमा थप सहजता भएको उनको भनाई छ ।

    स्वास्थ्य चौकीको उद्धघाटन गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले गरेका छन् । यस्तै, स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टर पनि आजै हस्तान्तरण गरिएको छ । उक्त वडामा रहेको बर्थिङ्ग सेन्टरको भवन पहिले निर्माण गरिएको भएपनि जीर्ण अवस्थामा रहेकाले गाउँपालिकाको ५ लाख ४१ हजार ८५८ र वान हर्ट वल्र्ड वाइडको ९ लाख ४१ हजार १४० रुपैँया गरि १४ लाख ८२ हजार ९५८ रुपैँयाको लागतमा मर्मत गरि हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरको हस्तान्तरण गाउँपालिका उपाध्यक्ष सपना राईले गरेकी छिन् ।२०७७ पुस ७ गते साँझ ७ : ५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology