• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीको कदम अधिनायक आकांक्षा-सभापति देउवा

प्रधानमन्त्री ओलीको कदम अधिनायक आकांक्षा-सभापति देउवा


समायोजन खबर
  • मंगलबार, पौस ७ २०७७

  • प्रधानमन्त्री शेरबहादुर देउवा।

    समायोजन खबर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि पुनः १ बजे बस्ने गरी सकिएको छ ।

    संसद विघटन भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम अधिनायक आकांक्षाको प्रतिरूप भएको बताउनुभएको छ ।

    सभापति देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘संसद् विघटनको ओलीको कदम अधिनायक आकांक्षाको प्रतिरूप हो । यो सर्वसत्तावादको संकेत हो । यस्तो वेलामा देश गम्भीर संकटमा पुगेको छ, कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।’

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘जनता कोरोना महामारीका वेला सेतो कात्रो ओढेर घाटतिर जान बाध्य भएका वेला प्रधानमन्त्रीलाई भने रातो झण्डा बोकेर भोट माग्न जाने इच्छा जागृत भएको छ । यो बिल्कुल अमिल्दो विषय हो ।’

    उहाँले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रूपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताउनु भयो ।बैठकमा सबै सदस्यले धारणा राख्ने कार्यसूची रहेकोर बैठक केही दिन लम्बिने बताइएको छ ।२०७७ पुस ७ गते साँझ ५ :०६ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology