समायोजन खबर, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ ।
संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
रिटमाथि मङ्गलबार सुनुवाइ हुने उहाँको भनाइ छ । ‘भोलि रिटमाथि सुनुवाइ सुरु हुन्छ, त्यसपछि आदेशअनुसार प्रक्रिया अघि बढ्छ’, प्रवक्ता पोखरेलले भन्नुभयो ।
संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।२०७७ पुस ७ गते दिउँसो ४ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology