• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैंकमाफर्त सामाजिक सुरक्षा भत्ता वितरणको तयारी

बैंकमाफर्त सामाजिक सुरक्षा भत्ता वितरणको तयारी


समायोजन खबर
  • मंगलबार, पौस ७ २०७७

  • बैंकसँग सम्झौता गर्दै गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ।

    समायोजन खबर खोटाङ, एकै आर्थिक वर्षमा ८७ लाखभन्दा बढि सामाजिक सुरक्षाभत्ता चुहावट भएको खबर बाहिरिएको केही समयपछि साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भ त्ता बैंङ्किङ प्रणाली मार्फत वितरणको प्रक्रिया सुरु गरेको छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंङ्किङ प्रणालीबाट वितरण गर्न नेपाल एसविआई बैंकको मानेभञ्ज्याङ शाखासँग सोमबार सम्झौता गरेको छ ।

    सम्झौता पत्र पालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बैंकका शाखा प्रबन्धक पोषक दाहाललाई हस्तान्तरण गरेका छन् । सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृत रबिन मगर र बैंकका शाखा प्रबन्धक दाहालले हस्ताक्षर गरेका छन् ।

    ५ वडा रहेको उक्त गाउँपालिकामा करिव १५ सय जना सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही छन् । उनिहरुको शुन्य मौज्जादमा बैंकले खाता खोल्नेछ ।
    चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बाँझेच्यानडाँडामा ४१ लाख ७९ हजार ८२१, रतन्छामा ३० लाख ९० हजार ५३८, खिदिमामा १५ लाख ५४ हजार २२७, मात्तिममा २५ लाख ६६ हजार ४४० र मात्तिममा २५ लाख ५६ हजार ८६३ रुपैया सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको थियो ।

    यस गाउँपालिकामा मृत्यु भइसकेका, बसाई सरिसकेका तथा कतिपय हुंदै नभएका व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर आर्थिक वर्ष २०७६/०७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता चुहावट भएको पाइएको छ ।

    १४ असोजमा गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का (झंकार)लाई बुझाइसकेको छ ।

    छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय, रतन्छामा १२ लाख २८ हजार, खिदिमामा ११ लाख ८७ हजार २ सय, मात्तिममा २२ लाख ८७ हजार २ सय र मात्तिमबिर्तामा २० लाख ४८ हजार सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेको छ ।२०७७ पुस ७ गते दिउँसो १ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology