• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने


समायोजन खबर
  • आइतबार, पौस ५ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर, रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।

    मिलले दैनिक  एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष किसानलाई  अठार करोड भुक्तानी गरिएको थियो ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम रु सत्र करोड छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ ।

    सबैभन्दा धेरै बक्र्याैता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्याैता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको बताएको छ ।

    गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडाँैंमा आन्दोलन गर्दै आएका छन् ।

    मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको  १७ करोड र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन् ।२०७७ पुस ५ गते दिउँसो २ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology