समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रमशिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एकदिने श्रमशिविरअन्तर्गत सडक मर्मत, स्कूल तथा क्याम्पस र स्वास्थ्यचौकी जाने बाटो मर्मतका साथै सरसफाइ गरिएको छ ।
‘श्रम गरेर बाँच्न सिकौँ र श्रमको सम्मान गरौँ’ भन्ने नाराका साथ एकदिने श्रमशिविर सञ्चालन गरिएको नेकपा खोटेहाङ गाउँपालिकास्तरीय समितिका अध्यक्ष राजनप्रसाद ढकालले जानकारी दिनुभयो । “हामीमा श्रम गर्ने बानी हटिसकेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट विचारमा आस्था राख्नेहरु श्रम गरेर बाँच्न सकौँ र श्रमको सम्मान गरौँ भन्ने सन्देश प्रवाह गर्न शिविर आयोजना गरिएको हो ।”
नेकपा गाउँपालिकास्तरीय समितिको गत मङ्सिर ५ गते बसेको पूर्ण बैठकले नौवटै वडामा एकैसाथ पुस ४ गते एकदिने श्रमशिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । नेकपा गाउँपालिकास्तरीय समितिले आयोजना गरेको शिविरमा नेकपाका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य सहभागिता थियो ।२०७७ पुस ५ गते मध्यान्ह १२ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology