समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ।
शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।२०७७ पुस ४ गते साँझ ५ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology