• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाहुनीडाँडाका ५२० परिवारलाई राहत

बाहुनीडाँडाका ५२० परिवारलाई राहत


समायोजन खबर
  • शुक्रबार, पौस ३ २०७७

  • राहत वितरण गरिदैं ।

    समायोजन खबर खोटाङ, नेपाल बौद्ध महायान केन्द्र गोन्पा कपन काठमाण्डौले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५२० घरपरिवारलाई राहत वितरण गरेको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको विशेष पहल र गोन्पाको आर्थिक सहयोगमा खडेरी पिडित, कोरोना प्रभावित, अति विपन्न परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।

    राहत स्वरुप प्रति परिवार ३० केजी चामल, एक लिटर खानेतेल र एक केजी नुन वितरण गरिएको हो ।  राहत नगरप्रमुख राई, उपप्रमुख राई र गुम्बा विकास समितिका अध्यक्ष भिक्षु थोप्तेन जिकडोल लामाले वितरण गरेका हुन् ।

    यहि संस्थाले बिहीबार डिकुवाका ४३० घरपरिवारलाई राहत वितरण गरेको थियो ।२०७७ पुस ३ गते दिउँसो ४ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology