• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डिकुवाका ४३० परिवारलाई राहत

डिकुवाका ४३० परिवारलाई राहत


समायोजन खबर
  • बिहिबार, पौस २ २०७७

  • राहत वितरण गर्दै नगरप्रमुख इवन राई लगायत ।

    समायोजन खबर खोटाङ, नेपाल बौद्ध महायान केन्द्र गोन्पा कपन काठमाण्डौले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३० घरपरिवारलाई राहत वितरण गरेको छ ।

    खडेरी पिडित, कोरोना प्रभावित, अति विपन्न र सुख्खा क्षेत्रका परिवारलाई बिहीबार राहत वितरण गरेको हो ।हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको विशेष अनुरोधमा गोन्पाले राहत वितरण गरेको जनाएको छ ।
    राहत स्वरुप प्रति परिवार ३० केजी चामल, एक लिटर खानेतेल र एक केजी नुन वितरण गरिएको हो ।  राहत नगरप्रमुख राई, उपप्रमुख राई र गुम्बा विकास समितिका अध्यक्ष भिक्षु थोप्तेन जिकडोल लामाले वितरण गरेका हुन् ।२०७७ पुस २ गते राती ८ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology