• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु


समायोजन खबर
  • बिहिबार, पौस २ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवनको उद्घाटन गर्दै नगरपालिकाले आफ्नै प्रशासकीय भवनबाट दैनिक सेवा प्रवाह गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयको जग्गामा निर्माण भएको भवन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, १ नम्बर प्रदेश सरकारको निर्णय, नगरसभा र कार्यपालिकाको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले भोगाधिकार हस्तान्तरण गरेपछि भवनको उद्घाटन गरी दैनिक सेवा प्रवाह सुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिनुभयो ।
    प्रशासकीय भवनको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् । उद्घाटनपछि भवन निर्माण कम्पनी शिवखिम्ती कन्ट्रक्सन प्रालिले नगरप्रमुख रिजाललाई चाबी हस्तान्तरण गरेका छन् ।

    यसअघि यो नगरपालिकाले वार्षिक १६ लाख ८५ हजार भाडा तिरेर व्यक्तिको घर भाडामा लिएर दैनिक सेवा प्रवाह गर्दै आएको थियो ।
    नयाँ भवनबाट स्वास्थ्य शाखा बाहेकका सम्पूर्ण काम कारवाही एकै स्थानबाट हुने नगरप्रमुख रिजालले बताउनुभयो ।२०७७ पुस २ गते दिउँसो ४ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology