समायोजन खबर खोटाङ, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थप हुनेमा सुनसरीमा ३४, मोरङमा २४ मध्ये विराटनगरमा १५, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका आठ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रदेशमा आज ७८ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म सङ्ख्या २३ हजार ९१६ निको भएर घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख एक हजार ९५६ को पिसिआर परीक्षण भएको छ ।२०७७ मंसिर ३० गते राती ८ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology