समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा एक हजार ५०० जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक हजार ६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । हाल देशभरि १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।
प्रवक्ता डा गौतमले कोरोनाले ल्याएको क्षति कम गर्न सरकारको प्रयास जारी रहेको बताउँदै खोपको आविस्कार भइसकेको र त्यसलाई नेपालमा पनि सर्वसुलभ उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ रहेको छ ।२०७७ मंसिर २८ गते साँझ ७ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology