• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकोहोरो सिठ्ठी बजाएर ओली सरकारको विरोध

एकोहोरो सिठ्ठी बजाएर ओली सरकारको विरोध


समायोजन खबर
  • आइतबार, मंसिर २८ २०७७

  • एकोहोरो सिट्टी बजाएर सरकारको विरोध गर्दै विधार्थी नेताहरु ।

    समायोजन खबर खोटाङ, नेपाल विधार्थी संघ(नेविसंघ)खोटाङले सिठ्ठी जुलुस निकालेर वर्तमान ओली सरकारको विरोध गरेको छ ।

    आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय दिक्तेलबाट रत्नपार्क, रत्नपार्क–हाटडाँडा र हाटडाँडादेखी स्थानीय हेलिप्याडसम्म विधार्थी नेताहरुले एकोहोरो सिठ्ठी बजाउदै सरकारको विरोध गरेको हो ।शासन गर्ने नैतिक आधार गुमाई सकेको सर्वसत्तावादी र भ्रष्ट ओली सरकार विरुद्ध एकोहोरो सिठ्ठी बजाउदै विरोध प्रदर्शन गरिएको नेविसंघ खोटाङका सभापति राजकुमार वस्नेतले जानकारी दिनुभयो ।

    वर्तमान सरकारको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्ने अघिल्लो दिन कांग्रेसको भातृ संस्था नेविसंघले सरकारको विरोध गरेको हो । कांग्रेसले यसअघि नै सूचना जारी गर्दै सोमबार(भोली) सरकार विरुद्ध देशभरका कांग्रेसलाई सडकमा आउन आव्हान गरिसकेको छ ।

    खोटाङमा भने कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा ओली सरकारको कडा विरोध गरिने कांग्रेसका पार्टी सभापति नरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।२०७७ मंसिर २८ गते साँझ ५ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology