• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज


समायोजन खबर
  • बिहिबार, मंसिर २५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा आज १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जना, झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२, मेचीनगर र अर्जुनधारामा १–१, ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र चौविसेमा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा १–१, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ ।

    प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायिक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ ।

    प्रदेश १ मा आज ९३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिला र ११५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार १५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।२०७७ मंसिर २५ गते साँझ ५ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology