• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कृषकलाई कृषि र पशु विमा सम्बन्धी क्षमता विकास तालिम

कृषकलाई कृषि र पशु विमा सम्बन्धी क्षमता विकास तालिम


समायोजन खबर
  • बुधबार, मंसिर २४ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले कृषक समुहहरुलाई कृषि र पशु विमा सम्बन्धी क्षमता विकास तालिम दिन थालेको छ । गाउँपालिकाले पालिकामा दर्ता भएका १२० वटा कृषक समुहका व्यवसायिक कृषिमा लागेका कृषकहरुलाई दुई दिने तालिम दिन थालेको हो ।

    कृषि व्यवसाय गर्दा आइपर्ने जोखिमबाट बचाउनका लागि विमाले खेल्ने भुमिकाको वारेमा प्रयोगात्मक तथा शैद्धान्तिक रुपले मंगलबारदेखी क्षमता विकास सम्बन्धी तालिम दिन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    मंगलबार दुवेकोलका कृषक समुहका व्यवसायिक कृषिमा लागेका कृषकलाई दिइएको तालिम बुधबार सकिएको छ । त्यहाँ तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले गरेका थिए ।

    तालिमको सहजीकरण गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राई र लुम्बिनी जनरल इन्स्योरेन्सका अभिकर्ता उद्धव वास्तोलाले गरिरहेका छन् । विहीबार कुभिण्डे र डुम्रेधारापानी तथा अन्य बाँकी तीन वडाहरुमा क्रमशः तालिम सञ्चालन गरिने कृषि शाखा संयोजक राईले बताए । तालिम पुसको ६ गते सम्पन्न हुनेछ ।

    क्षमता विकास तालिमले किसानलाई कृषि तथा पुश विमा गर्न प्रेरित गर्ने गाउँपालिका अध्यक्ष निरौलाले बताए । विमा गर्ने कृषकहरुको कागजात रुजु गरेर गाउँपालिकाले २५ प्रतिशत अनुदान दिने अध्यक्ष निरौलाको भनाई छ ।२०७७ मंसिर २४ गते साँझ ७ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology