समायोजन खबर खोटाङ, केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।२०७७ मंसिर २४ गते मध्यान्ह १ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology