• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए


समायोजन खबर
  • आइतबार, मंसिर २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ ।

    प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, ते¥हथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १–१, झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले छ ।

    उता इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १७० पुगेको छ ।

    प्रदेश १ मा आज ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।२०७७ मंसिर २१ गते साँझ ७ :१८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology