समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले नियमित रुपमा विद्धालय नआउने शिक्षकहरुलाई कारवाही गरेको छ । लकडाउनका विचमा लामो समयसम्म बेखबर भएर विद्धालय नआउने २६ जना शिक्षकहरुलाई कारवाही गरेको हो ।
मंसिर ८ गते गाउँ शिक्षा समितिको नियमित बैठक बसी गाउँ शिक्षा समितिका संयोजक र शिक्षा शाखा टोलीको छड्के अनुगमनले सम्बन्धीत विद्धालयमा १८÷२० दिनसम्म हाजिर नभएका तथा विना जानकारी विद्धालय नआएका शिक्षकहरुको तलब कट्टी गरी कारवाही गरिएको गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।
कारवाहीमा गंगोदय मावि दुवेकोलका १२ जना, कालिका आधारभुत विद्धालय चिण्डे भदौरे दुवेकोलका २ जना, शारदा माध्यमिक विद्धालय हौचुरका ४ जना, रत्नराज्य माध्यमिक विद्धालय कुभिण्डेका २ जना, रत्नराज्य आधारभुत विद्धालय कुभिण्डेकै १ जना, विश्वज्योती माध्यमिक विद्धालय लामिडाँडाका २ जना, गुप्तेश्वर आधारभुत विद्धालय लामिडाँडा तिर्पाका २ जना र धारापानी माध्यमिक विद्धालयका १ जना शिक्षक छन् ।
शिक्षकहरुलाई कारवाही गरी कट्टी गरिएको करीव ७ लाख ८० हजार वरावरको बजेट कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष निरौलाले बताए । कारवाहीमा परेका शिक्षकहरुलाई आइन्दा यस्तो नगर्न र आफ्नो काम, कर्तव्य र मर्यादा नभुल्न गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष निरौलाले निर्देशन दिएका छन् ।२०७७ मंसिर १२ गते दिउँसो १ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology