समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले कर्मचारी आवास गृह निर्माण गरेको छ । जागरिको सिलसिलामा विभिन्न स्थानबाट गाउँपालिकामा आई कार्यरत कर्मचारीलाई वस्न सहज होस भन्ने उद्देश्यले कर्मचारी आवास गृह निर्माण गरेको हो ।
नवनिर्मित कर्मचारी आवास गृह भवनको बिहीबार गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष समला राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कर्मचारी आवास गृह भवन गाउँपालिकाको ५० लाख बजेटमा निर्माण गरिएको हो ।
दुई तले भवनमा १० कोेठा रहेको छ । भवनको माथिल्लो तला कर्मचारी वस्नका लागि प्रयोग गरिने र पहिलो तलामा अस्थायी कोभिड अस्पताल स्थापना गरिने गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए ।
यस्तै, प्रयास नेपालको आर्थिक सहयोगमा गाउँपालिकामा माटो परिक्षण प्रयोगशाला र पुश स्वास्थ्य परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष निरौला, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रयास नेपाल परियोजनाका प्रतिनिधि, विषयगत शाखा प्रमुखको उपस्थितिमा दुबै प्रयोगशालाको स्थापना गरिएको हो ।
यसैगरी, गाउँपालिका र घरेलु तथा साना उधोग दिक्तेलको संयुक्त लगानीमा कुभिण्डेमा सञ्चालित दुइ महिने छाला जुत्ता सिलाई पुनर्ताजकीय तालिम पनि सम्पन्न भएको छ ।
तालिममा ९ जनाले सहभागिता जनाएको थियो । तालिमले छाला जुत्ता सिलाई गर्न दक्ष जनशक्ती तयार पारेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । उनीहरुको लागि गाउँपालिकाले केही व्यवस्थापन गर्ने अध्यक्ष निरौलाको भनाई छ ।२०७७ मंसिर १२ गते बिहान ९ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology