• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा ‘अस्थायी कोभिड अस्पताल’ स्थापना

हलेसी तुवाचुङ नगरपालिकामा ‘अस्थायी कोभिड अस्पताल’ स्थापना


समायोजन खबर
  • शुक्रबार, मंसिर १२ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘अस्थायी कोभिड अस्पताल’ स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै नगरपालिकाले दुर्छिम स्वास्थ्य चौकीमा ५ शैयाको अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो ।

    बिहीबार एक कार्यक्रमकाविच कोभिड अस्पतालको नगरप्रमुख इवन राईले उद्घाटन गरेका छन् । अस्पताल सञ्चालनका लागि संघीय सरकारले १० लाख बजेट उपलब्ध गराएको छ । उपलब्ध बजेटबाट कर्मचारीलाई तलब औषधि, औजार लगायतका सामान खरीद गरिदै जाने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि किरण आचार्यले बताए ।

    अस्थायी कोभिड अस्पतालमा एकजना एमबिबिएस डाक्टर, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन् । स्टाफ नर्सको दुई जना दरबन्दी भए पनि एकजना नियुक्ती गर्न बाँकी छ । दुर्छिमका वडाध्यक्ष रमेश तिवारीको अध्यक्षता तथा नगरप्रमुख राईको प्रमुख आतिथ्यमा भएको अस्पताल उद्घाटन कार्यक्रममा नगर उपप्रमुख बिमला राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्य, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, गैर सरकारी संस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।

    संघीय सरकारले तीन महिनाका लागि अस्पताल सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको भए पनि त्यसपछि नगरपालिकाले बजेट व्यस्थापन गरेर अस्पताललाई निरन्तरता दिइने नगरप्रमुख राईले बताए ।

    जिल्लाको दुई नगरपालिका आठ गाउँपालिकामध्ये कोभिड अस्पताल स्थापना गर्ने यो नगरपालिका दोश्रो हो । यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २५ कार्तिकमा याम्खा स्वास्थ्य चौकीमा स्थानीय तहको हकमा पहिलो अस्थायी कोभिड अस्पताल स्थापना गरिसकेको छ ।२०७७ मंसिर १२ गते बिहान ८ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology