समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालमा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण २८ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय ८९ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।२०७७ मंसिर १० गते दिउँसो ४ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology