• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बोयर बोका र बाख्रा वितरण

बोयर बोका र बाख्रा वितरण


समायोजन खबर
  • आइतबार, मंसिर ७ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बोयर बोका र खरी बाख्रा वितरण गरेको छ । शत–प्रतिशत बोयर बोका पालक कृषक, विपन्न तथा सिमान्तकृत महिला र बैदेशिक रोजगारीबाट फर्केका युवालाई खरी बाख्रा वितरण गरेको हो ।

    गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा आइतबार वडा कार्यालय याम्खामा एक कार्यक्रमको आयोजना गरी २ वटा शत–प्रतिशत, ७ वटा ५० प्रतिशत बोयर बोका र १७० वटा खरी बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    शत–प्रतिशत बोयर बोका याम्खाका रामनिधि आचार्य र डाँडागाउँका शम्भु कार्कीले पाएका छन् । ५० प्रतिशत बोयर बोका याम्खाका दिनेश विष्ट, डाँडागाउँका अजम्बर राई, छोरम्बुका मन्दिप बस्नेत, बतासेका मछिन्द्र राई, सप्तेश्वर छितापोखरीका ध्रुव थापा, छितापोखरीका नारायण खत्री र टेम्माका कैलाश बुढाथोकीले प्राप्त गरेका छन् ।

    यस्तै, विपन्न तथा सिमान्तकृत महिला अन्तर्गत प्रतिव्यक्ती ४ वटाका दरले १२० वटा र बैदेशिक रोजगारीबाट फर्केका युवा अन्तर्गत प्रतिव्यक्ती ५ वटाका दरले ५० वटा खरी बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    बोयर बोका तथा खरी बाख्रा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल, कृषि शाखा संयोजक सरगम बुढाथोकी, कृषि प्राविधिक लक्ष्मीप्रसाद रेग्मी, याम्खाका वडाध्यक्ष शमशेर बहादुर कार्की, छोरम्बुका वडाध्यक्ष इन्द्र बहादुर बस्नेत, छितापोखरीका वडाध्यक्ष पुर्ण बहादुर खड्का, टेम्माका वडाध्यक्ष धन बहादुर थापा मगर लगायत जनप्रतिनिधिले वितरण गरेका थिए ।२०७७ मंसिर ७ गते राती ८ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology