• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९५७

थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९५७


समायोजन खबर
  • आइतबार, मंसिर ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

    योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।

    सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिनुभयो ।

    प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् ।

    विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।२०७७ मंसिर ७ गते साँझ ७ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology