• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १६७४ जनामा कोरोना, ७ जनाको मृत्यु

थप १६७४ जनामा कोरोना, ७ जनाको मृत्यु


समायोजन खबर
  • शनिबार, मंसिर ६ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमितको संख्यासंगै देशभर २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा थपिएका ८ सय ९९ जना मध्ये ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।
    यसैगरी, पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।२०७७ मंसिर ६ गते अपरान्ह ४ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology