Samayojan khabar

Advertisment

SKIP THIS

अति विपन्न र सुत्केरी महिलालाई राहत

अति विपन्न र सुत्केरी महिलालाई राहत


समायोजन खबर
  • शुक्रबार, मंसिर ५ २०७७

  • राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष भुपेन्द्र राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अति विपन्न र सुत्केरी महिलालाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट प्रभावित अति विपन्न र लकडाउन अवधिमा सुत्केरी भएका महिलाहरुलाई शुक्रबार राहत वितरण गरेको हो ।

    गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा अति विपन्न १२० परिवार र १२० जना सुत्केरी महिलालाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राहत स्वरुप २५ केजी चामल, २ केजी दाल, खानेतेल १ लिटर, आयोडिन नुन १ केजी, नुहाउन १ पाकेट डिटोल साबुन वितरण गरिएको छ ।
    गाउँपालिकाका अनुसार याम्खामा ३० जना अति विपन्न, ३६ जना सुत्केरी महिला, डाँडागाउँमा ३० जना अति विपन्न, २८ जना सुत्केरी महिला, छोरम्बुमा ३० जना अति विपन्न, २४ जना सुत्केरी महिला, सप्तेश्वर छितापोखरीमा ३० जना अति विपन्न र ३२ जना सुत्केरी महिलालाई राहत वितरण गरिएको छ । टेम्मा, छितापोखरी र बतासेमा शनिबार राहत वितरण गरिनेछ ।

    राहत गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल, विभिन्न वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरुले वितरण गरेका गरेका थिए । राहत वितरणमा हिनामिना हुन नदिन र व्यवस्थित बनाउन यो पटक गाउँपालिकाले भौचर प्रणालीमार्फत राहत वितरण गरेको हो ।२०७७ मंसिर ५ गते राती ८ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology