• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, मंसिर ५ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ ।

    प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरंगको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    उता ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ ।

    प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।२०७७ मंसिर ५ गते राती ८ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology