• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गण्डकीमा १४० सङ्क्रमित, चारको मृत्यु

गण्डकीमा १४० सङ्क्रमित, चारको मृत्यु


समायोजन खबर
  • बिहिबार, मंसिर ४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ््क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

    आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी(पूर्व) का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।२०७७ मंसिर ४ गते साँझ ७ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology