• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावाबेशी गाउँपालिकामा कक्षा ११ को परीक्षा सुरु

रावाबेशी गाउँपालिकामा कक्षा ११ को परीक्षा सुरु


समायोजन खबर
  • बुधबार, मंसिर ३ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले कक्षा ११ को वार्षिक परीक्षा सुरु गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले तीन वटा विद्धालयमा बुधबारदेखी परीक्षा सुरु गरेको हो ।

    डुम्रेधारापानीको देउराली मावि, खार्पाको शारदा मावि र लामिडाँडाको विश्वज्योती माविमा परीक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । परीक्षामा ६६ जना छात्र र ९९ जना छात्रा सहभागी छन् । ४ जना छात्र र ११ जना छात्रा अनुपस्थित छन् । परीक्षा ११ मंसिरमा सम्पन्न हुनेछ ।

    परीक्षा हलभित्र प्रवेश गराउनु पूर्व परीक्षार्थी र शिक्षकको ज्वरो मापन गरिएको र सामाजिक दुरी कायम गराइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । अध्यक्ष निरौलाका अनुसार पालिकाले कक्षा ११ को प्रश्नपत्र तयार गरेको हो । यस्तै, कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु गरिने गाउँपालिका अध्यक्ष निरौलालले जानकारी दिनुभयो ।
    यसअघि २३ कार्तिकबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका स्तरीय कक्षा ११ परीक्षा सुरु गरेको थियो ।
    यो पनि,दिप्रुङमा कक्षा ११ को परीक्षा सुरु

    २०७७ मंसिर ३ गते साँझ ६ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology