• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा सचिवालय बैठक दश दिनपछि

नेकपा सचिवालय बैठक दश दिनपछि


समायोजन खबर
  • बुधबार, मंसिर ३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिनुभयो ।

    यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

    यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नाआफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो ।२०७७ मंसिर ३ गते अपरान्ह ४ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology