समायोजन खबर खोटाङ, वर्षाैदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका लागि पक्की घर बनाउन लागिएको हो ।
यसैबर्ष भित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ । तराई मधेशमा विपन्न जीवन बिताइरहेको, सामाजिक विभेद छुवाछुत तथा चरम आर्थिक सङ्कट खेपिरहेका छन् । पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले जानकारी दिनुभयो ।
वर्षाैदेखि ऐलानी जग्गामा सुकुम्बासीको रुपमा बस्दै आएका ती समुदाय पक्की घर पाउने भएपछि औधि खुशी भएका छन् । सिरहामा करिब ४ हजार घरधुरी रहेको डुम समुदाय बाँसको नाङ्गलो, हाते पंखा, ढकिया, कोनिया लगायतका सामग्री बनाएर जिबिकोपार्जन गर्दै आएका छन् । यसबर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने जनाइएको छ ।२०७७ कार्तिक ३० गते साँझ ५ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology