समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकाले अग्नी पीडित परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पत्ती गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका विश्वराम मगरलाई राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।
अग्नी पीडित परिवारलाई शुक्रबार गाउँपालिकामै बोलाएर राहत रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । अग्नी पीडितको सहज जीवन–यापनमा सहयोग पु¥याउनका लागि गाउँपालिकाले राहत रकमको चेक प्रदान गरेको हो ।
अग्नी पीडितलाई गाउँपालिका अध्यक्ष राईले रकम हस्तान्तरण गरेका छन् । अग्नी पीडित परिवारलाई केही दिनअघि मात्र खोटाङ प्राकृतिक सहयोग कोषले राहत स्वरुप १० हजार प्रदान गरेको थियो ।
रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घर सहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका थिए । घर जलेपछि मगरका ९ जनाको परिवार हाल फगतपुरमा रहेको अर्को आफ्नै घरमा बसिरहेका छन् ।२०७७ कार्तिक २८ गते राती ८ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology