• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • कोरोना जितेर घर फर्कनेलाई विदाई गरिदै । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् ।

    प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, ते¥हथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा र धनकुटामा २–२, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५–५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३–३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    उता झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २–२, बुद्धशान्ति, बा¥हदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगा र कटारीमा २–२, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १–१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४३४ पुगेको छ ।

    प्रदेश १ मा आज १ हजार ७०५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २०७७ कार्तिक २८ गते राती ८ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology